राष्ट्रिय खेलकुद महोत्सवको हिसाब सार्वजनिक
हेटौंडा, २ पुस/२०७२ साल बैशाखको भूकम्पमा परेर निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको खेलकुद प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय खेलकुद तथा बृहत व्यापार महोत्सवबाट १४ लाख ९२ हजार ८ सय २ रुपियाँ नाफा भएको छ ।
गत मंसिर २ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवबाट ८९ लाख ६५ हजार ४ सय ५९ रुपियाँ आय र ७४ लाख ७२ हजार ६ सय ५७ रुपियाँ खर्च भएको शनिबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । महोत्सव स्थल निर्माण, महोत्सवमा खेलकुदका गतिविधी सञ्चालन तथा पुरस्कारमा बढी रकम खर्च भएका कारण बचत कम भएको प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी दिए ।
‘हामीले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सव सोचे भन्दा धेरै राम्रो भएको छ । कहिंकतै अनावश्यक खर्च गरिएको छैन’, उनले भने, ‘महोत्सवको लागि ‘स्पोन्सर’ थिएन । महोत्सवको लागि ठाउँ बनाउँदा र महोत्सवमा ६ वटा खेलकुदको गतिविधी सञ्चालन गर्दा हाम्रो धेरै रकम खर्च भएको छ ।’ बचेको रकम यही पुष १४ गतेबाट सञ्चालन हुने दोस्रो सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा खर्च गरिने अध्यक्ष खड्कीले जानकारी दिए । महोत्सव सकिएको १७ औं दिनमा आयोजकले पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरेको हो । प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय खेलकुद तथा बृहत व्यापार महोत्सव आयोजना गरेको थियो ।
हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका सञ्चारकर्मी एवम् खेलकुदकर्मीको हितमा काम गर्ने उद्देश्यका साथ आयोजित महोत्सव सोचे अनुसार रकम बचत गर्न नसकेको स्वीकार्दै प्रतिष्ठानका महासचिव सबिन न्यौपानेले यस महोत्सवलाई सिकाईको रुपमा लिँदै आगामी बर्ष महोत्सवलाई निरन्तरता दिइने
बताए ।