हेटौंडा बचतको रक्तदान
हेटौंडा, १० पुस/हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १८ औँ वार्षिक उत्सव सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।
संस्थाको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आइतबार संस्थाको परिसरमा खुला रक्तदान कार्यक्रमको आयोजना भएको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जिल्लामा रगतको अभाव रहेको जानकारी पाएपछी संस्थाको वार्षिक उत्सव अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । संस्थाले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन घरदैलो कार्यक्रम गरी २ सय ७ जनालाई सदस्यता वितरण गरेको थियो । त्यसैगरि दोस्रो दिन सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुको सहभागितामा ३ किलोमिटर सडक सरसफाई र तेस्रो दिन संस्थामा आवद्ध रहेका बालवालिकाहरुको सम्मेलन र बनभोज कार्यक्रमको आयोजना गरेको थियो । जसमा ४ सय ९० जना बालवालिकाहरुको सहभागिता रहेको सञ्चार विभाग प्रमुख सुशील सुबेदीले जानकारी दिए ।
संस्थाले आज सोमबार बृद्धाश्रममा सहयोग, १२ गते अन्तरकृया कार्यक्रम र १३ गते सञ्चालक समिति र शेयर सदस्यहरुबीच मैत्रीपूर्ण फुटबल खेल्दै कार्यक्रम समापन गर्ने जानकारी दिइएको छ ।

