Header Ads


विद्यार्थीको भविष्यका लागि शिक्षकलाई तालिम

हेटौंडा, १० पुस/मकवानपुरमा रहेर शिक्षाको क्षेत्रमा काम गर्दै आएको ग्लोबल एक्सन नेपाल संस्थाको आयोजनामा मयुरधापको जनज्योति मावि स्रोत केन्द्र अन्तर्गत रहेका १२ वटा बिद्यालयका ३० जना शिक्षकको लागि ४ दिने बालमैत्री कक्षा सिर्जनशिल सिकाई सम्बन्धि अभिमुखीकरण तालिम भएको
छ । 
विशेषगरि बालबालबालिकाको शैक्षिक उपलब्धि बृद्धि साथै बालबालिकालाई विद्यालयमा अन्र्तक्रियात्मक वातावरणमा अध्ययन अध्यापन गराउनका लागि साथै शिक्षकहरुको शैक्षिक पेशागत विकास, लागि आयोजित तालिम शनिबार एक कार्यक्रमकाबीच समापन भएको हो । उक्त तालिम ग्लोबल एक्सन नेपाल, संस्थाका कार्यक्रम संयोजक मञ्जु लोहनी र प्रशिक्षक कृष्णशरण डंगोलले सहजीकरण गरेका थिए । ‘शिक्षाको क्षेत्रमा काम गर्दै आएको हाम्रो संस्थाले शिक्षक र बिद्यार्थी लक्षित कार्यक्रम गरिरहेको छ’, कार्यक्रम संयोजक लोहनीले भनिन्, ‘ज्ञान (ग्लोबल एक्सन नेपाल) दिने यस्ता किसिमको तालिमबाट शिक्षकहरुको पेशागत विकास र बिद्याथीको सिकाइ स्तर बृद्धि हुने र त्यसको प्रत्यक्ष फाइदा बिद्यार्थीलाई हुने विश्वास लिएका छौं ।’यसबाट बिद्यार्थीको उज्वल भविष्य निर्माणमा सघाउ पुग्ने उनको विश्वास रहेको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरसंगको सहकार्यमा संस्थाले तालिमलगायतका कार्यक्रम गर्दै आएको हो । बालमैत्री कक्षाकोठा, सृजनशील सिकाइ कार्यक्रम अन्तर्गत शिक्षकहरुको लागि तालिम दिइएको लोहनीले जानकारी दिइन् ।
Powered by Blogger.