Header Ads


बस्तीपुर जेसीजको निर्वाचन पुष २३ गते

हेटौंडा, १० पुस/बस्तीपुर जेसीज हाँडीखोलाको नयाँ नेतृत्वको टुङ्गो यही पुष २३ गते शनिबार मात्र लाग्ने भएको छ । 
शनिबार भएको छैठौं साधारणसभा र आइतबार अबेरसम्मको कसरतबाट पनि सर्वसम्मतबाट नयाँ नेतृत्वको टुङ्गो नलागेपछि २३ गते चुनावबाट नयाँ नेतृत्व चयन गरिने भएको हो । बर्ष सन् २०१७ को नेतृत्व लिनका लागि पुष्कल न्यौपाने र सुनिल अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै कार्यकारिणि उपाध्यक्षमा ७ जना र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको थियो । कार्यकारिणि उपाध्यक्षका उम्मेदवार ज्योतिराज लुईंटेलले उम्मेदवारको अन्तरवार्तामा सहभागिता नजनाएपछि अब कार्यकारिणि उपाध्यक्षको लागि ६ जना उम्मेदवार बाँकी रहेका छन् । अध्यक्ष र उपाध्यक्ष पदको लागि करिब सहमति भैसकेको जानकारीमा आएको छ । प्राप्त जानकारी अनुसार अध्यक्षमा सुनिल अधिकारीले पुष्कल न्यौपानेलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उपाध्यक्ष पदमा सागर सापकोटा, आकाश पाठक, धर्म धिमाल र बिदुर थापाको करिब टुङ्गो लागेको जानकारीमा आएको छ । रुपेश केसी र सन्तोष उप्रेतीले सहमतिको लागि आफू बाधक नभएको भन्दै सहजताको लागि पछि हटेका थिए । 
कार्यकारिणि उपाध्यक्षमा जयराम सुवेदी, रबि कंडेल शर्मा, राजेश भेटवाल, प्रकाश अर्याल, बाबुराम खतिवडा र रबिन ढकालले आ–आफ्नो दावी कायम राखेका छन् । यो पदको लागि निर्वाचन हुने करिब पक्कापक्की भइसकेको बुझिएको छ । यद्यपी खतिवडा र ढकालले सर्वसम्मतीको लागि आफूहरु पछि हट्न तयार रहेको बताएका छन् ।
Powered by Blogger.