आयु पोलिक्लिनिकको स्वास्थ्य शिविर
हेटौंडा, १० पुस/हेटौंडा–६ चौघडामा रहेको आयु पोलिक्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
पोलिक्लिनिकले आइतबार गढी–३ बरभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा मौसमी रोगका बिरामी, प्रेसर, सुगर, मुटुलगायतका बिरामी बढी पाइएको पोलिक्लिनिकका सञ्चालक उत्सव चौलागाईंले जानकारी दिए । शिविरमा कुर्ले, फुलबारी, बरभञ्ज्याङ, शिखरकटेरी, जितपुरलगायतका क्षेत्रका स्थानीयले सेवा लिएका छन् । शिविरमा डा. प्रविण पाठक, डा. परमार्थ बस्नेत, डा. मनिता उप्रेती सहित २ स्टाफ नर्स र २ जना टेक्निसियनले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य जाँच र औषधी निःशुल्क औषधी वितरण गरिएको थियो ।
शिविरका लागि क्वेष्ट फर्मास्युटिकलले औषधी सहयोग गरेको थियो । संस्थागत सामुदायिक उत्तरदायित्व अन्तरगत बर्षेनी शिविर गर्दै आएको पोलिक्लिनक सञ्चालक चौलागाईले जानकारी दिए ।

