अन्तरक्रिया कार्यक्रम
हेटौंडा, १९ मंसिर/क्रियाशील महिला पत्रकार समूहको आयोजनामा एकल महिलाको सशक्तीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हेटौँडामा आइतबार भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले मिडियाका माध्यमबाट एकल महिलाका सवालमा जनचेतना जगाउन आवश्यक भएको बताए । अहिले पनि एकल महिलालाई कतिपय ठाउँमा धेरै कष्ट, संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष श्रेष्ठले उनीहरुलाई आत्मनिर्भर गराउन सहयोग गर्नुपर्ने बताए । क्रियाशील महिला पत्रकार समूहकी अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष भानुभक्त आचार्य, महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारुलगायतको आतिथ्यता रहेको थियो ।

