नामटारमा एम्बुलेन्स हस्तान्तरण
हेटौंडा, १९ मंसिर÷मकवानपुरको नामटार–९ स्थित प्रेम सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण ्गरिएको छ ।
हिमालयन बैंकको सहयोगमा प्रेम सेवा समाजद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिककलाई एम्बुलेन्स सञ्चालन गर्न हस्तान्तरण गरिएको हो । एम्बुलेन्स उपलब्ध गराउन पहल गरेका सांसद गणेश थापाले कार्यक्रममा अबको राजनीतिक विकासको लागि गर्नुपर्ने बताए । कार्यक्रम समाजका अध्यक्ष विरबहादुर सिंतानको अध्यक्षतामा भएको थियो ।
थापाले एम्बुलेन्स सञ्चालन गर्न एक लाख रुपैँया र राप्रपा मकवानपुरका जिल्ला सदस्य रामबहादुर थोकरले ५० हजार रुपैँयाको अक्षकोष स्थापना गर्न सहयोग गरेका थिए । एम्बुलेन्स सेवाबाट नामटार, कालिकाटार र भार्ताका बासिन्दा लाभान्वित हुने बताइएको छ ।