Header Ads


अनेरास्ववियुको मसाल जुलुस

हेटौँडा, २२ मंसिर÷सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटिले वुधबार हेटौँडामा मसाल जुलुस प्रद्र्धशन गरेको छ । 
संशोधनको बिरोधमा नेकपा एमालेको पार्टी कार्यालय पुष्पलाल पार्कबाट सुरु भएको राके जुलुस कान्तिराजपथ हुँदै बुद्धचौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै प्रमुख अतिथि एवम् अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुजता पोख्रेलले सरकारले संविधानको प्रस्ताव एक हप्ता सम्म फिर्ता नलिए 
अनेरास्ववियुले कडा कदम चाल्ने बताइन् । उनले देश टुक्रिनबाट जोगाउनको लागि अनेरास्ववियुले जे पनि गर्न सक्ने बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष एवं केन्द्रीय सदस्य सन्तोष पौडेलले देशलाई टुक्राउन खोज्ने प्रचण्ड सरकारको राजीनामाको समेत माग गरेका छन् । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य किशोर टण्डन, जिल्ला सचिव किसन घिसिङ, कोषाध्यक्ष विशाल पौडेल, जिल्ला सह–सचिव कुमार केसी, अनेरास्ववियु मकवानपुर ३ नं क्षेत्रीय कमिटीका अध्यक्ष  तथा जिल्ला सदस्य आकाश अधिकारी, जिल्ला कमिटीका सदस्यहरु बिना देवकोटा, क्षेत्रीय सचिव आशिष रौनियार,  लगायत सहभागिता रहेको थियो ।  
Powered by Blogger.