Header Ads


पुडासैनीको नेतृत्वमा लोकतान्त्रिक अपाङ्ग संघ

हेटौंडा, ९ माघ/नेपाली काँग्रेसको नेपाल राष्ट्रिय लोकतान्त्रिक अपा· संघ मकवानपुरको अध्यक्षमा उमाकान्त पुडासैनी चयन भएका छन् । 
संघको पहिलो जिल्ला अधिवेशनले पुडासैनीको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सदस्यहरुमा लक्ष्मण स्याङतान, सीता थापा, राजेन्द्र रिमाल, सुशीला न्यौपाने, अम्बिका दाहाल, शर्मिला गोले र दुर्गा भारती रहेका छन् । त्यसैगरी केन्द्रीय महाधिबेशनको लागि ८ जना प्रतिनिधी समेत चयन गरेको छ । 
क्षेत्र नम्बर १ बाट दुर्गा भारती र लक्ष्मण स्याङतान, क्षेत्र नम्बर २ बाट सानुमाया स्याङतान र सरिता थापा, क्षेत्र नम्बर ३ बाट सुशीला न्यौपाने र अम्बिका दाहाल, क्षेत्र नम्बर ४ बाट सुमन कार्की र पम्फा योञ्जन चयनलाई गरिएको बताइएको छ । नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको आतिथ्यतामा अधिवेशन भएको हो ।
अधिवेशनमा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायतलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

Powered by Blogger.