विद्युत जडान तालिम शुरु
उक्त तालिमको समुद्घाटन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वसन्तकुमारलामाले गरेका थिए । कार्यक्रममा बोल्दै उपरीक्षक लामाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्ने बताए । मकवानपुरका युवाहरु बेरोजगारका कारण कुलतमा फस्ने गरेको बताउँदै उपरीक्षक लामाले सीप विकास सामुदायिक सेवा केन्द्रले सीप विकास तालिम सँग सहकार्य गरी अन्य तालिमहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्व सभापति रामेश्वर राना, सामूदायिक सेवा केन्द्र हेटौंडा–१० उपशाखाका अध्यक्ष रमेशरत्न स्थापित, सामूदायिक प्रहरी इन्चार्ज कृष्णबहादुर खत्रीलगायतको आतिथ्यता रहेको थियो । २५ जनाले सहभागिता जनाएको विद्युत जडान तालिममा सीप विकास तालिम केन्द्रका ज्ञानेन्द्र देवकोटाले प्रशिक्षक दिने केन्द्रका सचिव देवकुमार श्रेष्ठले जानकारी दिए ।

