Header Ads


पत्रकार महासंको सूचना केन्द्र मन्त्रीले उद्घाटन गर्ने

हेटौंडा, ५ माघ/नेपाल पत्रकार महासंघ मकवानपुरमा स्थापित सूचना केन्द्रको माघ ८ गते शनिबार उद्घाटन गरिने भएको छ । 
मङ्गलबार बसेको महासंघ कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र (राम) कार्कीले सूचना केन्द्र उद्घान गर्ने कार्यक्रम तय भएको छ । सूचना केन्द्र उद्घाटनको लागि आवश्यक तयारीहरु भइरहेको अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । जिल्लाभरीको सूचनाहरु संग्रह गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको सूचना केन्द्रबाट सञ्चारकर्मीहरुले समाचार लेखन तथा सम्पे्रषण गर्न सक्ने छन् । सूचना तथा सञ्चार मन्त्रालय, स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा महासंघले भवनको दोस्रो तल्ला निर्माणसंगै कार्यालय व्यवस्थित पार्ने काम गरेको छ । 
Powered by Blogger.