भूटनदेवी उमाविको अभिभावक भेला
हेटौंडा, ५ माघ/भूटनदेवी उच्च मावि व्यवस्थापन समिति सदस्यमा गोविन्द दाहाल, अमृत दाहाल, शर्मिला वि.क. र भवानी आचार्य (अर्याल) चयन भएका छन् ।
विद्यालयको बुधबार भएको ५३ आँै अभिभावक भेलाले सर्वसम्मत रुपमा ४ जनालाई विद्यालय व्यवस्थापन समिति सदस्यमा चयन गरेको हो । समितिको पहिलो बैठकले केही सदस्य थप गरी नयाँ कार्यसमिति निर्माण गर्नेछ । अभिभावक भेलामा निवृत्त शिक्षकद्वय सुरेन्द्र कुमार लाखे र विनोद आचार्यलाई सम्मान गरिएको छ । यस्तै आधारभुत शिक्षक वागेश्वरी श्रेष्ठ, सह–प्रशिक्षक विवेक तिमल्सिना, लेखापाल फणिदेव कौडिन्य र शिक्षासेवी पुरनबहादुर जोशीलाई कदरपत्रसहित सम्मान
गरिएको छ । कक्षा ११ र १२ मा प्रथम हुन सफल सविना दियाली र मुना प्रजालाई नगद पुरस्कार प्रदान गरिएको छ । गत बर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने रुपसागर दुलाल, कौशल नेगी, दिव्याकुशुम बर्तौला, अमित दाहाल र युकेश गोलेलाई पुरस्कार प्रदान गरिएको छ ।
शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता एवम् बिद्यालय व्यवस्थापन समिति गोविन्द दाहालको अध्यक्षतामा भएको भेलामा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधीको आतिथ्यता रहेको थियो ।

