कुखुरा व्यवसायीको साधारणसभा ८ गते
हेटौंडा, ५ माघ/मकवानपुर कुखुरा व्यवसायी संघको १० औं साधारणसभा यही ८ गते शनिबार हेटौंडामा हुने भएको छ ।
साधारणसभाको बिषयमा जानकारी दिनको लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा साधारणसभाको तयारीलाई अघि बढाइएको जानकारी दिएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यतामा साधारणसभा गर्न लागेको संघ अध्यक्ष राजु अधिकारीले जानकारी दिए । उनका अनुसार मकवानपुरमा कुखुराको कारण दैनिक डेढ करोड रुपैया“ बराबरको कारोबार भैरहेको छ । जिल्लामा ५ लाख ५० हजार अण्डा उत्पादन गर्ने कुखुरा र ८ लाख ५० हजार वटा मासु उत्पादन हुने कुखुरा पालन भैरहेको अधिकारीले जानकारी दिए । दैनिक ७ सय ७५ पेटी अण्डा उत्पादन हुने गरेकोमा १ सय ७५ पेटी जिल्लामा नै खपत हुने प्रथम उपाध्यक्ष भूमीनन्द गौतमले जानकारी दिए । जिल्लामा ३२ हजार किलो मासु दैनिक उत्पादन हु“दा १० हजार ५ सय किलो मासु मकवानपुरमा नै खपत हुने गरेको उनले जानकारी दिए ।
बढी भएका अण्डा तथा मासुहरु काठमाडौंमा खपत हुने गरेको छ । हामी मासु र अण्डामा मकवानपुर आत्मनिर्भर रहेको संघ महासचिव प्रतिमा श्रेष्ठले बताइन् । संघले दैनिक रुपमा कुखुराको मूल्यसूची निर्धारण गर्दै आएको छ । कुखुरा र कुखुरा फर्मको वीमा गर्ने तयारी गरिरहेको जानकारी दिंदै पशु सेवा कार्यालयस“ग कुखुराको विशेषज्ञ चिकित्सिक माग गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
