Header Ads


निर्माण व्यवसायीको महोत्सव तत्काललाई स्थगीत

हेटौंडा, ५ माघ/निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ देखि १६ गतेसम्मको लागि तोकेको राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार महोत्सव तत्कालको लागि स्थगीत गरिएको छ । 
बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मुलुकको बढ्दो राजनीतिक संक्रमण, आर्थिक एवम् २५ मिटरको बिषयमा जिल्लाको बिषम् परिस्थितीका कारण महोत्सव तत्काललाई स्थगीत गरिएको जानकारी दिएको हो । 
‘सरकारले हेटौंडामा राजमार्गको दायाँबायाँ २५÷२५ मिटरभित्रका घर, टहरालगायतका संरचना हटाउन सुरु 
गरेको छ । यसकारण राजमार्ग क्षेत्रका बासिन्दाको दैनिकी असहज परिस्थितीबाट गुज्रीरहेको अवस्थामा महोत्सव गर्नु उचित नदेखिएकोले हामीले तत्कालको लागि महोत्सव स्थगीत गर्ने निर्णय गरेका छौं, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले भने, ‘अवस्था हेरेर उपयुक्त समयमा महोत्सव गर्ने निर्णयमा पुगेका छौं ।’ 
महोत्सवको लागि आवश्यक तयारी समेत गरिसकेको अवस्थामा अहिले २५ मिटर भत्काउन सुरु भएको र यसबाट धेरैलाई समस्या पर्ने भएकोले महोत्सव स्थगन नै उपयुक्त भएको अध्यक्ष पराजुलीको भनाई छ । ‘धेरै मानिसको घरबार भत्केर रुवाबासी चल्दै गर्दा हामी मेला महोत्सवमा कसरी रमाउन सक्छौं ?’, उनले भने, ‘उपयुक्त समय हेरेर सबैको साथ, सहयोग र सल्लाहमा महोत्सवको मिति घोषणा हुनेछ ।’ 
महोत्सव कहाँ र कसरी गर्ने भन्ने बिषयमा मङ्गलबारसम्म यहाँका राजनीतिक दल र टोल विकास संस्थासंग छलफल समन्वय गरेको बताउँदै संघ पूर्व अध्यक्ष प्रभात दाहालले यो अवस्थामा महोत्सव गर्नु उपयुक्त नभएकोले अहिलेलाई स्थगीत गर्ने निर्णय गरिएको जानकारी दिए । महोत्सवले यहाँको निर्माण व्यवसाय संगै यस क्षेत्रको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान भएपनि यो अवस्थामा महोत्सव गर्नु ठीक नभएको दाहालले बताए ।
Powered by Blogger.