Header Ads


इन्टरनेट क्लवद्वारा ४ बिद्यार्थीलाई छात्रबृत्ति

हेटौंडा, १३ माघ÷इन्टरनेट फुटबल क्लब हेटौंडाले घोषणा गरेको छात्रबृत्ति रकम विद्यार्थीलाई वितरण गरिएको छ । 
विगत लामो समयदेखि मकवानपुरको फुटबल क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको इन्टरनेट क्लबले हेटौंडा–२२ स्थित बालबोध माविको विशेष अभिभावक भेलामा विहीबार ४ जना विद्यार्थीलाई छात्रबृत्ति रकम हस्तान्तरण गरेको हो । इन्टरनेटका कप्तान तथा काठमाण्डौंको सरस्वती क्लबका चर्चित खेलाडी अशोक बराल र राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपानेले कक्षा–११ मा अध्ययनरत् ३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद १२ हजार रुपियाँको दरले ३६ हजार रुपियाँ र बीबीएस तहमा अध्ययन गरिरहेका १ जना विद्यार्थीलाई ६ हजार रुपियाँ प्रदान गरेका हुन् । 
बराल र न्यौपाने इन्टरनेटबाट आफ्नो खेल करियर सुरु गरेर नेपालको चर्चित क्लबमा अबाद्ध भएका 
मकवानपुरका खेलाडी हुन् । कक्षा–११ मा अध्ययनरत् मीना तिमल्सिना, बिष्णुकुमारी श्रेष्ठ तथा प्रतिभा सुवेदी एवम् बीबीएस अध्ययनरत् शैलेश ढकाललाई छात्रबृत्ति बापत् नगद सहयोग गरिएको हो । फुटबलसंगै शिक्षा क्षेत्रमा पनि योगदान गर्नका लागि इन्टरनेटका अध्यक्ष तथा जिल्ला फुटबल संघ मकवानपुर बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठले छात्रबृत्ति स्थापना गरेका थिए । बालबोध माविको विशेष अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिमा रामबहादुर नेपाली, रीता दाहाल, जानुका सुवेदी तथा केदार ढुंगाना रहेका छन् । हेटौंडा उपमहानगरपालिका हटिया संयुक्त वडा कार्यालय प्रमुख ध्रुब भुजेलको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य भीमसेन श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । इन्टरनेट क्लव अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि छात्रबृत्ति वितरण कार्यलाई 
निरन्तरता दिंदै जाने बताए । 
Powered by Blogger.