सिमपानीमा पीस पार्क बन्दै
मनहरी, १३ माघ/मनहरी–४ सिमपानीमा रहेको सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूहको करिब १० विगाहा जग्गामा पीस पार्क निर्माण हुने भएको छ ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले वन उपभोक्ता समूहसंगको सहकार्यमा पीस पार्क निर्माण सुरु गरेको हो । जिल्लाको पर्यटनलाई थप टेवा दिने उद्देश्यका साथ पीस पार्क निर्माण सुरु गरिएको पीस पार्क निर्माण समितिका सचिव रामचन्द्र उप्रेती
जानकारी दिए । ुवन समितिको जग्गा अतिक्रम गरेर घर, टहरा निर्माण कार्य भएको थियो’, उनले भने, ‘अहिले हामीले ब्रम्हकुमारी
राजयोग सेवा केन्द्रको अगुवाईमा अतिक्रमित संरचना हटाएर सुन्दर पीस पार्क निर्माण अभियान थालेका छौं । सबैको साथ र सहयोगले निर्माण कार्य छिट्टै सम्पन्न हुने विश्वास समेत लिएका छौं ।’
जिल्लाको पर्यटन प्रर्वद्धनको लागि पिस पार्क निर्माण सुरु गरिएको उनको भनाई
रहेको छ । आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै उनले पार्कमा पोखरी, वाल उद्यानसंगै करिब एकसय जना बृद्धा अटाउने आमाघर तथा पिकनिक स्टलहरु रहने बताए । पीस पार्कको व्यवस्थापन तथा निर्माणको जिम्मा लिएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले यसअघि हेटौंडाको पुष्पलाल पार्क, चिल्डेून पार्कलगायतका पार्कहरुलाई नमूनालायक बनाइसकेको छ । पार्क निर्माणको लागि क्षेत्र विकास कार्यक्रम अन्र्तगत १० लाख रुपियाँ प्राप्त भएको बताइएको छ ।
