३ सय ९० जनामा मोतिया बिन्दु फेला
हेटौंडा, १९ पुस/रोटरी क्लव अफ मकवानपुर र रोटरी क्लव अफ मिट टाउन काठमाडौंको संयुक्त आयोजनामा मकवानपुर, बारा र पर्साको विभिन्न स्थानमा भएको निशुल्क आँखा शिविरमा ३ सय ९० जनामा मोतिया बिन्दुको रोगी फेला परेको छ ।
१७ गते आइतबारदेखि मङ्गलबारसम्म भएको शिविरमा एकहजार ३६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ३ सय ९० जनामा मोतिया बिन्दुको रोगी फेला परेको हो । बाराको घोडवामा ४ सय १९ जनाको आँखा चेक गरिएकोमा १ सय ४८ जनामा मोतिया बिन्दु फेला परेको छ । यस्तै अमलेखगन्जमा १ सय ३२ जनामा १८ जना र रौतहटको पेटभर्वामा ३ सय २५ जनालाई चेक गरिएकोमा १ सय १३ जनामा मोतियाबिन्दु फेला परेको रोटरी क्लव अफ मकवानपुरका कार्यक्रम संयोजक कृष्णबहादुर कार्कीले जानकारी दिए । यस्तै मकवानपुरको मनहरीमा भएको आँखा चेकअपमा १ सय ६० जनामध्ये ३१ जनामा मोतियाबिन्दु फेला परेको उनले जानकारी दिए । मकवानपुर, बारा र रौतहट ३ वटै जिल्लमा भएको आँखा शिविरमा मोतियाबिन्दु फेला परेकाहरुको मंगलबारबाट हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया भैरहेको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।