विद्यालयस्तरीय सेभेन ए साइड फुटबलमा महेन्द्र उमावि विजयी
हेटौंडा, २० पुस/नयाँ शक्ति विद्यार्थी युनियन मनहरी बहुमुखी क्याम्पस आधार समितिको आयोजनामा भएको मकवानपुर क्षेत्र न ४ स्तरीय अन्तर मावि क्याम्पस सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि महेन्द्र उमाविले जितेको छ ।
पौष १२ गतेबाट सञ्चालन भएको क्षेत्र न ४ स्तरीय प्रतियोगिताको फाइनल खेलमा महेन्द्रकिरण माविलाई २–० गोल अन्तरले हराउँदै महेन्द्र उमाविले उपाधि जितेको हो । नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रीय संयोजक रमेश महतो र नयाँ शक्ति पार्टी नेपाल ३ नम्बर प्रदेश सह–संयोजक सोनामसिंह स्याङ्तानले संयुक्त रुपमा बिजेता, उपबिजेता, सर्वोत्कृष्ट गोलकर्ता, गोलरक्षक तथा खेलाडीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् । नयाँ शक्ति विद्यार्थी युनियन मनहरी बहुमुखी क्याम्पस आधार समिति संयोजक सुसन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्यहरू प्रकाश
थोकर, श्रवणकुमार बर्तौला, गिरिजा अधिकारी तथा केन्द्रीय सदस्य अमृत बर्तौला, संग्राम बल लामा लगायतका विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो ।

