Header Ads


संघको पहिलो चौमासिकमा २५ करोड कारोबार

हेटौंडा, २० पुस/जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधिमा २५ करोड २८ लाख ६ हजार ५ सय रुपियाँ कारोबार गरेको जनाएको छ । 
प्रथम चौमासिकको अवधिमा संघले १ करोड ९४ लाख १९ हजार ९ सय ७० रुपियाँ आम्दानी गरेकोमा १ करोड ९४ लाख २७ हजार ४ सय ३३ रुपियाँ खर्च गरेको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । चार महिनाको अवधिमा संघले करिब २५ लाख लिटर दूध बिक्री वितरण गरेकोमा साँढे १२ करोड रुपियाँ शहरको पूँजी गाउँतिर लैजान सफल भएको दाहालले जानकारी दिए । 
Powered by Blogger.