Header Ads


हेटौंडा जेसीजमा दाहाल विजयी

हेटौंडा, १६ पुस/हेटौंडा जेसीजको बर्ष सन् २०१७ को लागि अध्यक्षमा अरुणकुमार दाहाल विजयी भएका
छन् । 
शनिबार भएको निर्वाचनबाट अध्यक्षका प्रत्यासी सन्देश डिसीलाई ५ मतले हराउँदै दाहाल विजयी भएका हुन् । दाहालले ५४ र डिसीले ४९ मत प्राप्त गरेका थिए । कुल १ सय ७ जना सदस्य रहेको जेसीजको मतदान प्रक्रियामा १ सय ३ जनाले मात्रै सहभागिता जनाएका थिए । यस्तै कार्यकारिणी उपाध्यक्षमा शिवकुमार कार्की र रबिन श्रीवास्तव विजयी भए । कार्कीले ५९ र श्रीवास्तवले ५६ मत प्राप्त गरे । कार्यकारिणी उपाध्यक्षका प्रत्यासी सुधीर दाहाल र राजदेव बनियाँ पराजित भए । 
दाहालले ४६ र बनियाँले ४५ मत मात्र प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्ष पदमा भने श्रवणकुमार बर्तौला, विजय गोपाली, जीवन ढकाल र विश्वप्रसाद गौतम निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएका दाहालले खुसि व्यक्त गर्दै यसलाई हेटौंडा जेसीजकै जित भएको प्रतिक्रिया दिए । 
‘चुनावी प्रक्रियामा गएपछि हारजित सामान्य हो । चुनावको बिषयलाई यहीँ छोड्दै आजैको दिनदेखि जेसीजमा आबद्ध युवाहरुको हकहित एवम् वृत्तिविकासमा दत्तचित्त भएर लागिपर्नेछु’, उनले भने, ‘सबैलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।’ पछिल्लो समय जेसीजप्रति युवाहरुको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै दाहालले यस बिषयलाई मध्यनजर गरी प्लान अफ एक्सन बनाएर काम गरिने बताए । 
Powered by Blogger.