Header Ads


सातौ राष्ट्रिय खेलकुदबाट मकवानपुरलाई ७ पदक

हेटौंडा, १७ पुस/पूर्वान्चलमा सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मकवानपुरका खेलाडीले विभिन्न विधामा ७ वटा पदक प्राप्त गरेका छन् । मध्यमान्चल क्षेत्रीय टिममा सहमागी हुन सफल यहाँका २६ जना खेलाडी मध्ये फुलकन्ट्याक्टका विनोद थापाले दोस्रो पदक प्राप्त गरे भने ६ वटा पदक तृतीय स्थानको प्राप्त भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । फुलकन्ट्याक्टका सन्तोष लामा र निर्मला लोले पनि तृतीय पदक जित्न सफल भएका छन् । 
यस्तै करातेकी पूजा खनाल र उसुका कृष्णहरी बर्तौैलाले पनि तृतीय स्थान जित्न सफल भएका हुन् । यस्तै हक्की तर्फ सहभागी भएका महिला तथा पुरुषको मध्यमाञ्चल टिम पनि तृतीय भएका छन् ।
 हक्की टिममा मकवानपुरबाट ४÷४ जना खेलाडी सहभागी भएको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । 
Powered by Blogger.