Header Ads


उचित मुआब्जा दिएर २५ मिटर भत्काउन अनुरोध

हेटौंडा, १७ पुस/मकवानपुर उद्योग वाणिज्य संघको टोलीले मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीलाई ज्ञापनपत्र बुझाउँदै उचित मुआब्जा दिएर मात्रै राजमार्गमा पर्ने २५ मिटरभित्रका संरचना भत्काउन अनुरोध गरेको छ । 
संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा नाराबाजी गर्दै क्षेत्रीय प्रशासन कार्यालय पुगेको टोलीले उचित मुआब्जा नदिई निजी क्षेत्रका संरचना नभत्काउन भनेको हो । ३० बर्षअघि देखि २५ मिटरको बिषयमा अन्यौलता रहेको भन्दै उनीहरुले यसलाई छिटो भन्दा छिटो निकास दिनु आवश्यक रहेको बताएका हुन् । मउवा संघ अध्यक्ष राजकुमार न्यौपानेले आफूहरु विकास बिरोध नभएको बताउँदै सरकारले २५ मिटर भित्रका संरचना भत्काउँदा मकवानपुरमा ५ देखि ६ हजार जना सुकुम्बासी हुने जानकारी दिए । ‘आवश्यक उचित मुआब्जा दिएर मात्रै २५ मिटर भत्काउन अनुरोध गर्दछौं’, ज्ञापनपत्र बुझाउँदै उनले भने, ‘मुआब्जा नदिएर भत्काउन पर्नेसक्ने समस्याको बिषयमा मनन् गर्नको लागि अनुरोध गर्न चाहन्छौं ।’ उद्योग वाणिज्य संघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गी, मउवा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाललगायतले मुआब्जा र उचित क्षतीपूर्ती पाए आफ्नो घर आफैं भत्काउन तयार रहेको बताएका थिए । 
यस्तै उनीहरुले हेटौंडाको २५ मिटरका संरचना भत्काउनुको विकल्पको रुपमा बाइपास सडकलाई प्रयोगमा ल्याउन समेत अनुरोध गरे ।
Powered by Blogger.