Header Ads


आज रुद्र पाख्रिनको स्मृतिसभा

हेटौंडा, २७ पुस÷जनयुद्धको क्रममा मारिएका सहिद रुद्र पाख्रिन (रमेश) को स्मृतिमा आज बिहीबार मकवानपुरगढी–८ स्थित रुद्र स्मृति बाटिकामा स्मृतिसभा हुने भएको छ । 
रुद्र स्मृति बाटिका समितिको आयोजनामा आज स्मृतिसभा गर्न लागिएको हो । पाख्रिनको २०५९ पौष २८ गते छतिवनको गर्गरेमा सेनाद्धारा हत्या गरिएको थियो । पाख्रिनको सम्झनामा १४ औँ स्मृतिसभाको आयोजना गर्न लागिएको रुद्र स्मृति बाटिका समितिका अध्यक्ष रामशरण दाहालले जानकारी दिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणी थापाको प्रमुख आतिथ्यतामा हुने सभामा माओवादीका अन्य केन्द्रीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको समेत उपस्थिती रहने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका संयोजक कमानसिँ पाख्रिन ‘पृथक’ले जानकारी दिए । 
रुद्र पाख्रिन तत्कालिन समयमा पार्टीको बारा, पर्सा, मकवानपुरको इन्चार्ज एवम् क्षेत्रीय ब्यूरो सदस्य रहेका थिए । उनको श्रीमति राममाया पाख्रिन पार्टीको केन्द्रीय सल्लाहकार रहेकी छिन् भने छोरा भीम पाख्रिन केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको स्वकीय उपसचिव तथा बुहारी मानकुमारी नेपाली ‘आशा’ पार्टीको केन्द्रीय सदस्यको रुपमा कार्यरत रहेका छन् ।
Powered by Blogger.