काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक
हेटौंडा, २४ पुस/नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक भएको छ ।
आइतबार नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेको हो । बैठकले पार्टीमा रहेका रिक्त विभागहरु तत्काल पूरा गर्ने, भातृ एवम् शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्न बाँकी भए तत्काल गराउने र अधिवेशन भैसकेका संस्थाहरुलाई सांगठनिक गतिविधीमा सक्रिय रुपमा लाग्न निर्देशन दिने निर्णय भएको पार्टीका जिल्ला सदस्य एवम् प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
पार्टी संगठन सुदृढीकरण एवम् विस्तार कार्यक्रमअन्र्तगत गाउँ तथा नगर÷वडाका सभापतिहरुलाई दिइएको १७ बुँदे निर्देशन कार्यान्वयन बारे जानकारी माग गर्ने र अनुगमनको लागि खटाइएका प्रतिनिधीहरुलाई माघ १५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय समेत भएको उनले जानकारी दिए ।
बैठकमा उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेललगायत कार्यसम्पादन समितिका सदस्यहरु, क्षेत्रीय एवम् नगर सभापतिहरुलगायतको उपस्थिति थियो ।

