लागुऔषध सहित २ जना पक्राउ
हेटौंडा, २४ पुस/मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
शनिबार अन्दाजी पौने १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–४ स्थित गौरी ग्रिल उद्योगबाट हेटौंडा ४ बस्ने ४४ को गोकर्ण ठकुरीलाई पक्राउ गरेको हो । उनी शंकास्पद रुपमा बसिरहेको भन्ने सूचना आधारमा प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा निजले लगाएको कालो कोटको बायाँ पट्टी भित्री भागमा लुकाई राखेको लागूऔषध नाईट्रोभेट २२ ट्याब्लेट र गाँजा ४० ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै शनिबार नै हेटौंडा–४ स्थित उमेश बानियाँको घरमा डेरा गरी बस्ने जिल्ला सर्लाही सिसौटिया गाबिस–६ बस्ने १७ बर्षका धिरज कुमार शाहले सुत्ने कोठाबाट लागूऔषध नाईट्रोभेट ट्याब्लेट १ सय ७३ थान फेला पारेको छ ।
शाहको कोठा खानतलासी गर्दा भेटिएको लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

