भुपू विद्यार्थीले स्तम्भ निर्माण गर्ने
हेटौंडा, १४ फागुन/आधुनिक राष्ट्रिय उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आधुनिक राष्ट्रिय भुतपूर्व विद्यार्थी संगठनले शिलालेखसंगै स्तम्भ निर्माण गर्ने भएका छन् ।
शनिबार भएको भेलाले विद्यालयमा ७ लाख रुपियाँ खर्च गरेर स्तम्भ निर्माण गर्न लागेको भुतपूर्व विद्यार्थी संगठनका अध्यक्ष दीपक खड्काले जानकारी दिए । २०६० सालसम्म विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ५ हजार रुपैयाँसम्म सहयोग गरेमा स्तम्भमा नाम राखिने र सोभन्दा कम रकम सहयोग गरेमा स्मारिकामा नाम प्रकाशन गरिने उनले जानकारी दिए । २०७४ साल जेष्ठ २ गते मनाउन लागेको स्वर्ण जयन्तीलाई भव्य र सभ्य रुपमा मनाउन लागिएको भन्दै अध्यक्ष खड्काले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वतस्फूर्त सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा आधुनिक राष्ट्रिय उच्च माविका प्राचार्य ऋषिराम पोखरेल, संगठनका पदाधिकारीलगायतको उपस्थिती थियो ।