Header Ads


मकवानपुरका क्याम्पसमा नेवि संघ, अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानल

हेटौंडा, १४ फागुन/मकवानपुरमा रहेको प्राय ः क्याम्पसहरुमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि सत्ता साझेदार दल नेपाली काँगे्रस र नेकपा माओवादीसंगै राप्रपाको विद्यार्थी संगठनबीच गठबन्धन हुने भएको छ ।
शनिबार विभिन्न क्याम्पसमा भएको उम्मेदवारी दर्ता पछि यस्तो अवस्था देखिएको हो । अन्य विभिन्न जिल्लामा उम्मेदवारी दर्ताको क्रममा नै विवाद भएपनि यहाँका क्याम्पसहरुमा भने शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, पालुङ बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वंशगोपाल बहुमुखी क्याम्पसमा ३ दलको विद्यार्थी संगठनबीच गठबन्धन हुने पक्का भएको हो ।
काँग्रेस, माओवादी र राप्रपाको बिद्यार्थी संगठनबीच गठबन्धन हुँदा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठनले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दिएका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्षमा अनेरास्ववियुका कुमारबहादुर केसी, नयाँ शक्ति बिद्यार्थी युनियनका श्रवणकुमार वर्ताैला, संयुक्त प्यानलको तर्फबाट नेवि संघका लक्ष्मीकान्त पौडेल र अखिल छैठौंका नीरबहादुर सिन्तान, रहेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका आकाश अधिकारी, नयाँ शक्ति बिद्यार्थी युनियनका अमृत बर्ताैला र संयुक्त प्यानलबाट पविना लामा रहेका छन् । कोषाध्यक्ष पदमा अनेरास्ववियुबाट बिना देवकोटा, नयाँ शक्ति बिद्यार्थी युनियनबाट झलक छत्कुली र संयुक्त प्यानलबाट उज्वल रहेका छन् । यता हेटौंडा क्याम्पसमा अध्यक्ष पदमा अनेरास्ववियुका तर्फबाट उमेश पुरी र संयुक्त विद्यार्थी संगठनका तर्फबाट सुदीप बर्ताैलाले उम्मेद्वारी दिएका छन् ।
संयुक्त प्यानलमा नयाँ शक्ति बिद्यार्थी युनियन समेत रहेको छ । सचिवमा अनेरास्ववियुका नवीनकुमार मिश्र र संयुक्त प्यालनबाट पूर्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुका मनोजसुनार र संयुक्त प्यानलका ज्ञानु लामाले उम्मेद्वारी दिएका छन् । वनविज्ञानमा अध्ययन संस्थानमा विमल केसी खत्री, पवनकुमार खरेल, मनोज सुवेदी, जीवन पोखरेल र हेमचन्द्र जोशी अध्यक्ष पदमा रहेका छन् । त्यस्तैगरी सचिवमा विक्रम सिंह, पदमप्रसाद जैशी र सन्देश घिमिरे तथा कोषाध्यक्षमा सुस्मिता हमाल, सलिना राई र मिलि घिमिरेले उम्मेदवारी दिएका छन् । 
Powered by Blogger.