एसईई परीक्षामा मकवानपुरका ६ हजार ५ सय ७४
हेटौंडा, २ चैत/आज बिहीबारदेखि देशैभर सुरु हुँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरबाट ६ हजार ५ सय ७४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
परीक्षा सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरले २४ वटा केन्द्र निर्धारण गरेको छ । चैत ११ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित तर्फ ६ हजार ३ सय १३ जना विद्यार्थी सहभागी हुने बताइएको छ । जसमा ४२ जना प्राविधिक विषयका विद्यार्थी रहेका छन् ।
उनीहरुको परीक्षा चैत १४ गतेसम्म सञ्चालन हुनेछ । विद्यालयमा नियमित हाजिरी नभएका र आन्तरिक परीक्षामा पनि सहभागी नभएका २ सय ६१ जना विद्यार्थी भने परीक्षामा सहभागी हुन अयोग्य ठहरिएका छन् । यस वर्ष एक्जाम्टेडतर्फ १ सय ४ जना र आंशिकतर्फ ३ सय ५७ जना विद्यार्थी सहभागी हुने सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्माले जानकारी दिए । शिक्षा कार्यालयका अनुसार अघिल्ला वर्षहरुमा एसएलसी परीक्षा दिएर अनुत्तीर्ण रहेका विद्यार्थीलाई एक्जाम्टेडको सूचीमा राखिएको छ भने अघिल्लो वर्षको परीक्षामा ग्रेड नपुगेर ग्रेड वृद्धिको लागि परीक्षा दिने परीक्षार्थीलाई आंशिकको सूचीमा राखिएको छ ।
मकवानपुरमा हुने परीक्षालाई मर्यादित र शान्त वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी गरिएको शिक्षा कार्यालय मकवानपुरले जनाएको छ ।