आजबाट पिप्ले क्याम्पा गोल्डकप फुटबल
पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा आज बिहीबारबाट हेटौंडा–५ स्थित क्याम्पाडाँडाको खेल मैदानमा प्रथम रोहनी हाउजिङ पिप्ले क्याम्पा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा आयोजक पिप्ले युवा क्लब हेटौंडासहित मकवानपुर–११, नेपाल खेलकुद क्लब रौतहट, बि.एफ.सी भरतपुर चितवन, नव जनजागृति युवा क्लब सिमरा बारा, वीरगञ्ज यूथ एकेडेमी पर्सा, वीरगञ्ज युनाइटेड पर्सा, चौधरी ११ बारा, हर्दी युवा समाज भण्डारा चितवन र रतनपुर यूथ स्पोर्टस् निजगढ बाराको सहभागिता रहनेछ । उद्घाटन खेल मकवानपुर ११ र नेपाल खेलकुद क्लब रौतहटको बीचमा हुनेछ । प्रतियोगिताको सबै तयारी सकिएको बताउँदै आयोजक पिप्ले युवा क्लबका अध्यक्ष राजेश बानियाँले १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पृतनापति देव सुवेदीले गर्ने जानकारी दिए ।

