‘उपभोक्ताको अधिकार ख्याल राख्नुपर्ने’
हेटौंडा, २ चैत/विश्व उपभोक्ता अधिकार दिवस–२०७३ मकवानपुरमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ति जीउज्यान’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा बुधबार बिहान सचेतनामुलक ¥याली भएको छ । जिल्ला प्रशासन कार्यालयबाट निस्किएको ¥याली हेटौंडा बजार परिक्रमा पश्चात बुद्धचोकमा आएर सभामा परिणत भएको थियो ।
सभामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले आम नागरिकले आफूलाई उपभोक्ताको रुपमा पनि बुझ्ने हो भने उपभोक्ताको अधिकार सुनिश्चित हुने बताए । उपभोक्ताको अधिकार कुनैपनि बाहनामा कुण्ठित गर्दैनौ भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले इमान्दारितापूर्वक व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गरे ।
‘हामीले प्रयोग गर्ने सामग्री कस्तो छ यसतर्फ ध्यान दिएर खरिद् गर्नु आवश्यक छ’, दुवाडीले भने, ‘हामी सचेत उपभोक्ता बन्नु आजको आवश्यकता हो ।’ यस्तै जिल्लामा रहेका राजनीतिक दलको तर्फ मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष बिनोद रिजालले फुटपात र विदेशीले घरघरमा बेच्न ल्याउने कुनैपनि सामग्री खरिद् नगर्न सबैलाई अनुरोध गरे । नेपाल प्रयोगशालाको रुपमा विकास हुँदै गएको भन्दै उनले सामान खरिद् गर्ने क्रममा मूल्य, उत्पादित तथा उपभोग्य मिति, कम्पनीको नामलगायतका बिषयमा ध्यान दिन सर्वसाधारणलाई उनले अनुरोध गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर अध्यक्ष बासु खतिवडा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँ, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलगायतले उपभोक्ता अधिकारको बिषयमा बोलेका थिए ।