Header Ads


योङ्ग कम्यूनिष्ट लिगको वडा भेला

हेटौंडा, २ चैत/नेकपा माओवादी केन्द्रको भातृ संगठन यो· कम्यूनिष्ट लिग हेटौंडा–५ को वडा भेला बुधबार सम्पन्न भएको छ । 
यो· कम्यूनिष्ट लिग जिल्ला कार्यालय सदस्य लवराज ठकुरीको अध्यक्षतामा भएको भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा उपमहानगरपालिका इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । बुधबार भएको भेलाले यमप्रसाद चौलागाईँ संयोजक रहने गरी २५ सदस्यीय वडा कार्य समिति चयन भएको छ । सहसंयोजक सुमितकुमार ओझा, सदस्यमा नारायण दुलाल, बालकृष्ण पुडासैनी, कमल राइ, अशोक घिसिङ, उत्तम घिमिरे, ईश्वर न्यौपानेलगायत चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । बुधबार भएको भेलाले भीमसेन लामिछानेलाई वाइसियल कमिटीको मुख्य सल्लाहकार पदमा मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिए  । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहसंयोजक विवेक राइ, वाइसियल जिल्ला कार्यालय सदस्य अरुण बल, ५ नम्वर वडा इन्चार्ज डा। सम्राट तुम्वाहाम्फे, वडा संयोजक देवी गौतम, जिल्ला आयोजक समिति सदस्य माधव कोइरालालगायतको आतिथ्यता रहेको थियो ।    
Powered by Blogger.