राजमार्गका प्राय : होटलको गुणस्तरहिन
हेटौंडा, ८ चैत/क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको अनुगमनको क्रममा हेटौंडा उपमहानगरपालिका क्षेत्र तथा राजमार्गका होटलहरु गुणस्तरहिन रहेको पाइएको छ ।
मङ्गलबार भएको अनुगमनको क्रममा प्राय ः होटलहरु न्यून गुणस्तरको रहेको पाईएको छ । अनुगमनको क्रममा राजमार्ग क्षेत्रमा रहेको होटलहरुमा भान्सा फोहोर, पानीको गुणस्तरहिन, खाद्यन्न गोदाममा फोहोर रहेको भेटिएको छ । अनुगमनको क्रममा गुणस्तरको मापन रहेको र होटलको अवस्था जनाउने स्टिकर समेत टाँसिएको छ ।
राजमार्ग क्षेत्रमा रहेको आधा दर्जन तथा हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको केही होटलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणको कार्यलयले होटल सञ्चालकहरुलाई होटलको अवस्था यस्तै रहेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । अनुगमन तथा स्टिकर टाँस्ने विषयलाई नियमित गरिने बताउँदै क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजालले नियमित अनुगमनले होटलको गुणस्तमा केहि सुधार भएको पाईएपनि थप सुधारको आवश्यक रहेको बताए । अनुगमनको क्रममा साविकको बसामाडी– १ नेवारपानीमा रहेको हिलटप होटलको अवस्था गुणस्तरीय रहेको पाईएपनि अन्य होटलहरु बैशाली, एसी फुडल्याण्ड, इष्ट वेष्ट, दिपज्योती, आशिर्वाद एसी फुड होमको गुणस्तर भने निकै कमजोर रहेको पाइएको उनले बताए । अनुगमनमा होटल एशोसियशन मकवानपुरका अध्यक्ष
भागीरथ शर्मा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहदेव गौतम, खाद्यका अनुप हलुवाई तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
