वाइसीएल मकवानपुरमा पाख्रिनको नेतृत्व
हेटौंडा, ८ चैत/नेकपा माओवादी केन्द्रको युवा दस्ता यो· कम्युनिष्ट लिग (वाइसीएल) नेपाल मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन (सौगात) चयन भएका
छन् ।
छन् ।
सोमबार र मङ्गलबार हेटौंडामा भएको जिल्ला सम्मेलनले पाख्रिनको नेतृत्वमा ६५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वाइसीएलको वरिष्ठ उपाध्यक्षमा शंकर राउत, उपाध्यक्षमा अरुण बल र राज मोक्तान, सचिवमा लवराज ठकुरी, सहसचिवमा सन्तोष श्रेष्ठ, गंगाराम प्रजा र कमल अर्याल तथा कोषाध्यक्षमा प्रकाश थापा चयन भएका छन् ।
सम्मेलनपश्चात मङ्गलबार पत्रकार सम्मेलन गर्दै वाइसीएलको नयाँ कार्यसमितिको बिषयमा जानकारी दिएका हुन् । माओवादी केन्द्र मकवानपुरका युवा इन्चार्ज प्रकाश पाण्डेले वाइसीएल जिल्ला सम्मेलनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको जानकारी दिए । पाण्डेका अनुसार अविनाश गजुरेलको नेतृत्वमा वाइसीएल हेटौडा उपमहानगरपालिका कमिटी निर्माण भएको छ ।
नगर कमिटी उपाध्यक्षमा आलोक स्याङ्तान, सचिवमा दिनेश बानियाँलगायत रहेका छन् । माधव कोइराला संयोजक रहने गरी ७ सदस्यीय वाइसीएल सल्लाहकार समिति समेत चयन भएको जानकारी दिइएको छ । जिल्लाका १ सय ७७ जना प्रतिनिधिमाझ सम्पन्न सम्मेलनले वाइसीएलको राष्ट्रिय सम्मेलनको लागि ७ जना प्रतिनिधी चयन गरेको छ । जिल्ला अध्यक्षमा चयन भएका पाख्रिनले स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन र संविधानको कार्यान्वयनको लागि आफू नेतृत्वको वाइसीएल मकवानपुर एकताबद्व ढंगले अघि बढ्ने बताए । ‘आम युवाहरुलाई समेट्दै समाजमा देखिएको विकृति एवम् विसङ्गतीको बिरुद्धमा लाग्नेछौं’, उनले भने, ‘यसका लागि पार्टी नेतृत्वसंग आवश्यक सल्लाह र सुझाव लिएर यो नयाँ नेतृत्व अघि बढ्नेछ ।

