Header Ads


फागुन महिनामा २ सय जनाले लिए परामर्श

हेटौंडा, ८ चैत/जिल्लाबाट बैदेशिक रोजगारीमा जाने युवाहरुले सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्रवाट रोजगारी सम्बन्धी परामर्श लिने गरेका छन् । 
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थापना गरिएको सुरक्षित बैदेशिक रोजगार सूचना केन्द्रमा फागुन महिनामा २ सय ३९ सेवाग्राहीले परामर्श लिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर संगको समन्वयमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालमा आवद्ध करिव २९ वटा संस्थाले संचालनमा ल्याएका हुन् । 
केन्द्रमा दैनिक रुपमा रोजगारीका लागि विदेश गन्तव्य वनाएर एम.आर.पी (पासपोर्ट) सिफारिस लिन आउनेहरुलाई वैदेशिक रोजगारका क्रममा पूरा गर्नुपर्ने प्रकृया, आईपर्ने चुनौति र अपनाउनु पर्ने सावधनीका बारेमा सूचना प्रदान गरिने परामर्शदाता अनिता रानाले वताइन् । 
परामर्श दाता रानाले पारिवारीक घरायसी समस्या, साथीको लहीलहीले गर्दा केन्द्रमा परामर्श लिनेको संख्या वृद्धि हुँदै गइरहेको बताइन् । अर्का परामर्शदाता प्रभा विडारीले विदेश जाँदा मेनपावर कम्पनी, सरकारले श्रम स्वीकृत दिएका मुलुक सम्बन्धित देशको अवस्था, कानुनी प्रावधान, बाटोमा अपनाउनुपर्ने सावधानीलगायत विषयमा परामर्श दिने गरिएको बताए ।
Powered by Blogger.