Header Ads


उद्योग वाणिज्य महासंघमा मकवानपुरका तीनजना चुनावी दौडमा

हेटौंडा, ८ चैत/नेपाल उद्योग वाणिज्य महासंघमा आगामी नेतृत्वका लागि मकवानपुरका तीनजना व्यवसायीहरु चुनावी दौडमा देखिएका छन् । 
यही चैत २८ र २९ गते काठमाडौँमा हुने महासंघको ५१ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा 
मकवानपुरका तीनजना व्यवसायीहरु कार्यकारिणी समितिको सदस्य पदमा आकांक्षी देखिएका हुन् । महासंघको मध्यमाञ्चल अध्यक्ष भैसकेका मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ र वर्तमान अध्यक्ष राजकुमार न्यौपाने जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा चुनावी दौडाहामा रहेका छन् । 
तीनैजना अहिले विभिन्न जिल्लाहरुको चुनावी दौडसँगै मतदाता आफ्नो पक्षमा पार्ने रस्साकस्सीमा रहेका छन् । सुमार्गी प्रदेश नम्बर ३ बाट तथा श्रेष्ठ र न्यौपाने उद्योग वाणिज्य संघ खुलाबाट कार्यकारिणी समितिको सदस्यमा उम्मेदवार बन्ने दौडमा रहेको  एक व्यसायीले जानकारी दिए । तीनैजनाले मतदाता आफ्नो पक्षमा रहेको र आफूहरु जितको नजिक रहेको दावी गर्दै आएका छन् । तीनजना उम्मेदवारमध्ये उद्योग वाणिज्य संघ खुलातर्फ न्यौपानेको मात्र मताधिकार रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघमा सदस्य रहेका कुशकुमार जोशीलगायतका महासंघमा यसअघि पदाधिकारी भैसकेका छन् । 
Powered by Blogger.