Header Ads


क्यान्सर पीडित बालकलाई सहयोग जुटाउँदै सांसद् थापा

हेटौंडा, ३ चैत/सांसद् गणेश थापाले मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोटका बोनम्यारो क्यान्सर पीडित एक बालकको उपचारमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् । 
यसअघि आर्थिक रुपमा विपन्न रहेका मकवानपुरका विभिन्न स्थानका मानिसहरुको उपचारमा सहयोग जुटाउँदै आएका थापाले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी छतिवन भिरकोटका १० वर्षीय मनोज राईको बोनम्यारो क्यान्सर भएको र उपचारमा समस्या रहेको जानकारी गराएका हुन् । ‘केही महिनाभित्रमा उपचार नगरे बाँच्न मुस्किल रहेको बताइएको छ’, सांसद् थापाले भने, ‘काठमाण्डौंको निजामति कर्मचारी अस्पतालमा उनको ९मनोज० को उपचार सुरु भैसकेको छ । कम्तिमा पनि ११÷१२ लाख रुपियाँ खर्च लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्, सबैको सहयोग भएमा उनको उपचार हुने र पुनर्जीवन पाउने थिए ।’ आफ्नो व्यक्तिगत पहलमा मनोजको उपचार प्रकृया सुरु भएको जानकारी दिंदै उनले बालकको उपचारमा सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् । स्थानीय जनक माविको कक्षा ३ मा अध्ययनरत मनोजको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ । स्थानीय जनक माविको कक्षा ३ मा अध्ययनरत मनोजको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताइएको छ । 
Powered by Blogger.