हेटौंडा जेसीजको शैक्षिक सामग्री वितरण एवम् कानुनी सचेतना
हेटौंडा, २५ फागुन÷जेसीआई हेटौंडाको जेसीज सप्ताह–२०१७ अन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण र कानुनी सचेतना सम्बन्धि कार्यक्रम भएको छ ।
जेसीजले भैंसे–६ किसेडीमा रहेको दीपक प्राविमा शैक्षिक सामग्री वितरण गरेको हो भने भैंसेमा नै अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कानुनी सचेतना सम्बन्धि कार्यक्रम गरेको हो । दीपक प्राविको १ सय ६० जना बिद्यार्थीलाई पुग्ने स्टेशनरी सामग्री वितरण गरिएको छ ।
उज्वलराज शाक्यले प्रायोजन गरेको स्टेशनरी हस्तान्तरण कार्यक्रममा पूर्णप्रसाद अर्यालको छोराले अस्टे«लियाबाट पठाएको ५ हजार बराबरको सहयोग समेत हस्तान्तरण गरिएको थियो । यस्तै दीपेश जोशीले पुष्तकालयको लागि करिब विभिन्न पुस्तकहरु उपलब्ध गराएका थिए । यस्तै हेटौंडा जेसीजका पूर्व अध्यक्ष कृष्णबहादुर कार्कीले खानेपानी व्यवस्थापनको लागि टायल र धारा निशुल्क दिने घोषणा गरेका छन् । अजित थापाको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष बासु न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष शोभा खरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर बल, प्रधानाध्यापक गणेशबहादुर पाण्डेलगायतले जेसीजले गरेको सहयोगको प्रशंसा गर्दै जेसीज गाउँ केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए । कार्यकारिणि उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक शिवकुमार कार्कीले जेसीज सप्ताहको बिषयमा जानकारी गराउँदै स्वागत गरेका थिए । यस्तै जेसीजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संविधानमा समेटिएका महिला अधिकार एवम् महिलाका सवालका बिषयमा कानुनी सचेतना कार्यक्रम गरेको छ ।
आमा समूह, वन समूहलगायतका समूहमा आबद्ध भएका महिलाहरुलाई कानुनमा समेटिएको महिलाका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष शोभा खरेलले महिलाहरु चुल्हो चौकोमा मात्र रमाउन नहुने बताउँदै आफ्ना हक अधिकारको बिषयमा जानकार हुनु आवश्यक रहेको बताइन् । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष दीपकराज मिश्रले सहजीकरण गरेका थिए । जेसीज सप्ताह सह–मूल कार्यक्रम संयोजक विजय गोपालीले स्वागत गरेको कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरु काव्यमणी अधिकारी, कृष्णबहादुर कार्की, कविन सांगामी, हेटौंडा लेडी जेसीज अध्यष निशा रोक्कालगायतको आतिथ्यता रहेको थियो । जेसीज सप्ताह अन्तर्गत आज बिहीबार जेसीआई हेटौंडा र पत्रकारको बीचमा मैत्रीपूर्ण फुटसल रहेको मूल कार्यक्रम संयोजक शिवकुमार कार्कीले जानकारी दिए ।

