Header Ads


हिन्दु टाइगर ग्रुपको अध्यक्षमा खड्का

हेटौंडा/शिव सेना नेपाल मकवानपुरको भातृ संगठन हिन्दु टाईगर ग्रुपको अध्यक्षमा जगतबहादुर खड्का (उज्जवल) चयन भएका छन् ।
विहीबार भएको बैठकले खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । संगठनको उपाध्यक्षमा नमोरत्न मानन्धर, सचिवमा सागर श्रेष्ठ, सहसचिवमा सजिता घिमिरे, कोषाध्यक्षमा सुवास लामा, सहकोषाध्यक्षमा तिर्थ घिमिरे तथा सदस्यमा राहुल जी.एम, सरोज पण्डित, नवराज भट्ट, सुरज पाण्डे, टिकाराम मगर, डिलबहादुर मानन्धर, सुशान्त मानन्धर, शिशिर जोशी, शालिकराम फुयाँल, विष्णु भण्डारी,
सरिता थि·, पूजा हुमागाई, रमेश सैजु, श्रीराम प्रजापति र प्रकाश सुवेदी चयन भएको शिव सेना नेपाल मकवानपुरका अभियन्ता अमिर नकर्मीले जानकारी दिए । शिव सेना नेपाल मकवानपुरका अध्यक्ष यज्ञप्रसाद कडेंलले सनातन हिन्दु धर्म लोभ हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै धर्मको रक्षा गर्न आम नेपाली एक हुनु आवश्यक रहेको औंल्याए ।
Powered by Blogger.