Header Ads


काँग्रेसका २४ जना सम्मानित

हेटौंडा, २५ फागुन/नेपाली काँग्रेसको हेटौंडा २३, २४ र २५ नम्बर वडाको भेला एवम् वनभोज कार्यक्रम भएको छ । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यता एवम् काँग्रेस २४ नम्बर वडा सभापति राजेन्द्रराज बानियाँको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा काँग्रेस मकवानपुर सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । 
कार्यक्रममा एमालेबाट ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष एवम् हालका माओवादी केन्द्रका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपाको क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २ सय ५६ जना विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै काँग्रेसमा लामो समयदेखि योगदान पु¥याएका ३ वटै वडाका २४ जना नेताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य, नेताहरु रीता खनाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, क्षेत्रीय सचिवद्वय सुवातसिं थिङ र जनक धिताल, नगर सभापति आनन्दराम पराजुली, दलित संघ केन्द्रीय सदस्य पवित्रा विक, महासमिति सदस्य धर्म लामिछाने, विष्णुप्रसाद दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दिलबहादुर सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले स्थानीय तहको निर्वाचनमा लाग्न काँग्रेस कार्यकर्ताहरुलाई अनुरोध गरे ।
Powered by Blogger.