कुलेखानीमा राप्रपाको अगुवा कार्यकर्ता भेला
हेटौंडा, २५ फागुन/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै कुलेखानीमा अगुवा कार्यकर्ता भेला गरेको छ ।
कुलेखानी, सिस्नेरी, फाखेल र मार्खु गाविसको संयुक्त अगुवा कार्यकर्ता भेला कुलेखानीमा सम्पन्न भएको राप्रपा विद्यार्थी संगठनका अध्यक्ष प्रकाश चौलागाईले जानकारी दिए ।
राप्रपा क्षेत्र नम्वर २ का क्षेत्रिय अध्यक्ष प्रमोदलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा सांसद गणेश थापा, राप्रपा जिल्ला उपाध्यक्ष शिवराम थापाको उपस्थिति रहेको थियो । स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा सांसद थापाले स्थानिय तहको निर्वाचनका लागि जुट्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
राप्रपाको अगुवा कार्यकर्ता भेला आज बिहिबार छतिवन, शुक्रबार राक्सिराङमा भेला हुनेछ । यस्तै फागुन ३० गते मकवानपुर गढी, चैत १ गते भीमफेदीमा र चैत २ गते कालिकाटारमा हुनेछ ।

