ढुङ्गा हान्ने को हो ?
![]() |
मधुसुदन अधिकारी |
नेकपाएमालेको मेचि महाकाली राष्ट्रिय जागरण अभियानको कार्यक्रम मेचिको काकडभिट्टा बिर्तामोड बजारबाट अगाडि बढेको छ ।
पहिलो दिनको विर्तामोड बजारको जनउपस्थिति वास्तवमै सर्वसाधारणको उत्साह जगाउने, प्रतिपक्षहरुको मन डढेलो लाग्ने विरोधीहरुको पारा तात्ने, राजनैतिक संस्कार नभएकाहरु आक्रोषित बन्ने खालकै थियो । करिव १२ बजे देखि साझा ५ बजेसम्म नै एमाले प्रवेशको क्रम रोकिएको थिएन । काँग्रेस, राप्रपा, सद्भावना, मधेसीमोर्चालगायतका नेता कार्यकर्ता प्रवेशको क्रम जारी थियो । त्यसैगरी इटहरी, झुम्का, भारदहलगायतका स्थानहरुको उपस्थित अपार थियो, उत्साहजनक थियो अनि एउटा राजनैतिक दललाई यसरी आफ्नो आव्हानमा भएको कार्यक्रममा जनताको उत्साहजनक सहभागितामा रमाउनु पक्कैपनि सापेक्षित थियो ।
२३ गते फाल्गुणको राजविराजको कार्यक्रममा अझबढि जनउपस्थिति देखेर वास्तवमै एमालेले सबैतिर कब्जा जमाउने भो भन्ने आवज सुनिन थालेकै हो । यसको पीडा सबभन्दा बढी मधेसी नेताहरुलाई भयो र सप्तरीको दुखद घटना भयो । मधेसी नेताहरु राजनैतिक संस्कारहिन रहेछन, अराजक रहेछन अनि सामान्य प्रजातान्त्रिक पद्धतिहरु रहेछन भन्नेपुष्टि भएको छ । यसको अर्थ मधेसी नेताहरु अरुले घोकाएको पाठ पढ्दा रहेछन भन्ने नेपाली जनताको ठम्याइ हो । त्यस दुःखद घटनामा ज्यान गुमाउनेहरु मोर्चाका कार्यकर्ता नभै विभिन्न पेशाका मानिसहरु रहेछन जुन व्यक्तिहरु मारिएका छन ती व्यक्तिहरु कोही कानुन व्यवसायी ९घाइते० कोही जनस्वास्थ्यका कर्मचारी अनि वृद्ध अवस्थाका रहेका छन् । जुन एमालेका कार्यक्रमलार्य विथोल्न हैन सुन्न भनेर गएकारहेछन र मधेसी मोर्चाले भगाएका भिड छिन्न भिन्न पार्ने वहानामा गोली चलायो घटनाभयो र यो अत्यन्त दुःखद छ र यसले एमालेलाई बदनाम गराउने सबभन्दा घटिया सोच बोकेका मधेसी नेताहरुको तुच्छ विचार पो रहेछ भन्ने पुष्टी गर्दछ ।
त्यस्तै एउटा सामान्य अवस्थाको नावालक हातमा ढु·ा लुकाएर बोकेको अवस्थामा सडक किनारामा उभ्याउने अनि भित्र घरबाट झुक्याएर रात्रीबसमा ढु·ा हान्ने । यात्रीले देख्दा बच्चाको हातमा ढु·ा देख्ने आक्रोसित व्यक्तिले त्यस नाबालकलाई आफ्नो रिस पोख्ने अनि मधेसी नेताका आन्दोलनकारली आफू फरार रहने, नोक्सान बसको हुने घाइते यात्री बन्ने, निर्दोस बालक पक्राउ पर्ने, अपराधिक चरित्रका मधेसवादी कम्पनीका कार्यकर्ता फmरार यो कस्तो आन्दोलन हो रु मधेसी नेताहरु को रु तसर्थ मधेसी नेताहरु राष्ट्रिय हितमा देखिदैनन्, मधेसी नेताहरु जनताको पक्षमा देखिदैनन, मधेसी नेताहरु शान्तिको पक्षमा देखिदैनन, मधेसी नेताहरु विकास निर्माणको पक्षमा देखिदैनन, अनि मधेसी नेताहरु सामाजिक कुरिती, विक्रि विसंगतिको पक्षमा देखिन्छन्, मधेसी नेताहरु शोषण दमन र उत्पीडनको पक्षमा देखिन्छन् काम यथास्थितिको गर्छन, छिमेकी राष्ट्रको नेताहरुको निर्देशनको पालना गर्छन, राजनैतिक संस्कार देखिदैन तर कुरो अकाशपताल जोड्ने राजनीतिको गर्छन् ।
धरानबाट छुटेको मालक्ष्मी कमपनीको बसको यात्राका क्रममा देखिएको त्यो ढु·ा हान्ने दृष्यको प्रत्यक्ष दर्सिको हैसियतले मैले ‘राउम’ अर्थात् राजेन्द्र महतो, उपेन्द्र यादव अनि वृद्ध नेता महन्त ठाकुरलाई सोध्नै पर्छ त्यो ढु·ा हान्ने को हो रु किनकी झडप राजविराजमा तर बसमा ढु·ा प्रहार भएको बरमभmियामा झडप प्रहरीसँग ढु·ा प्रहारबाट फुटाइएको बस धरानबाट आएको यात्री घाइते धरानबाट आउने अनि यो खालको आन्दोलनले निकास निस्कन्छ ठाकुर जी रु तपाईले त करिव सात दशक त राजनैतिक आन्दोलनमै बिताएको हैन रु उपेन्द्र र राजेन्द्र्र जस्तै आयातीत संस्कार र तपाइमा छैन होला भन्ने मेरो ठम्याइ गलत रहेछ हैन त रु ढु·ा बोक्ने बालकको हातमा ढु·ा त्यसै छ तर बसको सिसा झिरिप्पपारेर फरार ती ढु·ा हान्ने को हुन त रु के आन्दोलन तपाइको पकडमा छैन रु राणा विरोधी, पञ्चायत विरोधी आन्दोलनमा अग्रणाी भूमिका निर्वाह गर्ने महन्थ ठाकुरको यो हर्कतमा संलग्नता देखेर ढाडभरीका सिसाका टुक्रा र प्रहार गरपेको ढु·ा बसका सहचालक सँग सुरक्षित राख्न भन्दै समाइदिएँ र दया र आक्रोस मिश्रित भावनाको पञ्जामा कैद भएँ म पनि ।
कुनै पनि विषयको आन्दोलन राजनैतिक संस्कार युक्त भयो भने मात्रै सफल हुन्छ । जायज तरिकाले आन्दोलन ग¥यो भने मात्रै सफल हुन्छ यसरी विषय एकातर्फको पष््रकरण अर्को उद्देश्यको भयो भने कसैले कसैलाई निषेध पारेर पार्न सक्तैन, समयले त्यसलाई आफै ठेगान लगाउँछ । एमालेलाई निषेधगर्ने बहानामा रात्रीवस फुटाउने गल्ती नगरौँ । एमाले राजनैतिक दल हो यसले आफूलाई परिमार्जन गर्दै, समयसापेक्ष बनाउँद्यै ९अगाडि० बढ्ने साहस राख्दछ ।
राजनैतिक प्रतिस्पार्धा गर्ने आँट र हिम्मत राख्दछ तर मधेसी नेतामा त्यस्तो देखिदैन । झि·ाको रिसले डि·ा मर्दैन उपेन्द्र जी । तपाईहरुल्े निषेध गर्दैमा एमाले सिद्धिएला त र ?

