Header Ads


३६ जनाले गरे रक्तदान

हेटौंडा, १६ चैत/हेटौंडामा रहेको नारायणी कलेजको बिबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
कलेज परिसरमा भएको रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायतले रक्तदान गरेको कलेजका प्राचार्य रघुनाथ खरालले जानकारी दिए । वाणिज्य संकाय मात्र पढाइ हुने हेटौंडाको एक मात्र कलेज नारायणी कलेजको १० आँै वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । मकवानपुर जिल्लामा रगतको अभाव भएकोले कलेजको बार्षिकोत्सवको अवसरमा रक्तदानको आयोजना गरिएको बताइएको छ । 
Powered by Blogger.