Header Ads


पाण्डुकेश्वर मन्दिरमा लघु रुद्री अनुष्ठान

हेटौंडा, १९ चैत/मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–२ मा रहेको पाण्डुकेश्वर महादेव मन्दिरमा राष्ट्र शान्तिको कामनासहित लघु रुदं्री अनुष्ठान सम्पन्न भएको छ । पाण्डुकेश्वर क्षेत्र विकास समितिको विधान बमोजिम फागूपूर्णिमाको दिन पाण्डुकेश्वर महादेवको मुकुटलाई ऋषेश्वर मन्दिरको परिक्रमा गरी पाण्डुकेश्वर मन्दिरमा लघु रुद्री अनुष्ठान गर्ने परम्परा रहीआएको समितिका कोषाध्यक्ष रामप्रसाद ढकालले जानकारी दिए । शनिबार समितिको आयोजनामा स्थानीय १५ जना पण्डितहरुलाई सहभागिता गराई राष्ट्र शान्तिको कामना गदै लघु रुद्री गरिएको छ । समितिले आफ्नो कार्यक्रमको अतिरिक्त राष्ट्रमा अनिष्ठ, विपक्तिको बखत शान्ति कामना सहित इन्द्रायणीमाई, काला भैरव, तलेजुको पूजा गरिएको ढकालले जानकारी दिए । २०५३ सालमा गठन भएको समितिले हरेक वर्ष यस पूजा गर्दै आइरहेको छ ।

Powered by Blogger.