११ जना बन्दीले परीक्षा दिए
हेटौंडा, ३ चैत/विहीबारबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेण्डरी एजुकेसन एक्जाम (एसईई) परिक्षामा मकवानपुरको भिमफेदी क्षेत्रिय कारागारबाट ११ जना बन्दीहरुले परिक्षा दिएका छन् । विभिन्न अपराधमा जेलमा परेका ११ जना बन्दीहरुले कडा सुरक्षाका साथ यो परिक्षा दिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंङ थापाले बताए ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका एक जना युवकले आधुनिक राष्ट्रिय उच्च माबिको परिक्षा केन्द्रबाट परिक्षा दिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बसन्त कुमार लामाले
बताए ।

