Header Ads


नारायणी मलले नयाँ बर्ष विशेष कार्यक्रम गर्ने

हेटौंडा, १३ चैत/लायन्स क्लव अफ हेटौंडा नारायणी मलको आयोजनामा नयाँ बर्ष विशेष साँझ हुने भएको छ । 
यही चैत्र ३१ गते साँझ हेटौंडा–५ मा रहेको रिगल हेटौंडा रिसोर्टमा नयाँ बर्ष विशेष साँझ हुने भएको हो । आयोजक लायन्स क्लव अफ हेटौंडा नारायणी मलले आइतबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार दीप श्रेष्ठ र उनको टिमले बेलुका ६ बजेदेखि राति १० बजेसम्म प्रस्तुती दिनेछन् ।
 ‘लायन्स हेटौंडा अपाङ्ग अस्पताल निर्माणको कार्य थालनी गर्ने उद्देश्यका साथ हामीले नयाँ बर्षको अवसरमा दीप श्रेष्ठको एकल साँझ आयोजना गर्न लागेका हौं’, आयोजक लायन्सका अध्यक्ष कैलाश ढकालले भने, ‘करिब साढे ३ देखि ४ सयजनाको उपस्थितीमा यो कार्यक्रम गर्ने योजना बनाएका छौं ।’ मकवानपुरका लायन्स क्लवहरुले हेटौंडामा लायन्स अपाङ्ग अस्पतालको योजना बनाएको जानकारी दिँदै उनले यस कार्यक्रमबाट रहेको रकमले अस्पताल निर्माणको आवश्यक पहल गरिने जानकारी दिए । उनका अनुसार हेटौंडा घर भै देशमै चर्चित बनेका गायक अञ्जन दाहालको समेत केही साङ्गीतिक प्रस्तुती रहनेछ । 
लायन्स क्लव अफ नारायणी मलका सदस्य समेत रहेका दाहालले यस कार्यक्रमबाट करिब ९ लाख रुपियाँ संकलन हुने र ६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताए । २ हजार टिकट राखिएको उक्त कार्यक्रममा खानापानको व्यवस्था समेत गरिएको भन्दै दाहालले सहयोगका लागि अनुरोध समेत गरे । 
Powered by Blogger.