Header Ads


दिव्यज्योतिमा अन्तरक्रिया कार्यक्रम

हेटौंडा, २७ चैत/हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । 
जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा विद्यार्थी संख्यामा बृद्धि, नर्सरीदेखि कक्षा २ सम्म अंग्रेजीमाध्यममा अध्यापन, घरदैलो कार्यक्रम, प्रचारप्रसार लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक विकासको निमित्त विभिन्न व्यक्तिहरुले सहयोगको घोषणा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशकुमार घिमिरेले प्लाष्टिकको कुर्सी ५ थान, हरिप्रसाद सिग्देल, रामप्रसाद कँडेल र मुक्तिनाथ गौतमले मासिक एक हजार रुपैँया, शिक्षक पुरुषोतम शर्मा घिमिरे र कर्मचारी बद्री भण्डारीले २ थान पंखा, शिक्षक नवराज पौडेल, शिक्षिका कपिला आचार्य, समाजसेवी रमेशकुमार थापा, अमरबहादुर थापा र गौरीशंकर चौलागाईले १÷१ थान पंखा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलले ८ जना विद्यार्थीलाई पोशाक, शिक्षक उद्धवप्रसाद दुलालले ८ जना विद्यार्थीलाई झोला, शिक्षक रोमबहादुर न्यौपानेले ८ जना विद्यार्थीलाई एक बर्षको लागि कपि र कलम दिने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमबाट विद्यालयका अध्यक्ष रोशन घिमिरेको संयोजक र प्रधानाध्यापक रमेशकुमार घिमिरे सदस्य सचिव रहेको ९ सदस्यीय विद्यालय सुधार सहयोग समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरबहादुर थापा, रमेशकुमार थापा, गोमा काफ्ले, सावित्री वर्तौला, गौरीशंकर चौलागाई, मनकुमारी घिमिरे र उद्धवप्रसाद दुलाल रहेका छन् ।
Powered by Blogger.