Header Ads


तामाङको नेतृत्वमा भारबाहक श्रमिक संघ

हेटौंडा, २७ चैत/नेपाली काँग्रेस निकटको नेपाल भारबाहक श्रमिक संघको अध्यक्षमा कृष्णबहादुर तामाङ चयन भएका छन् । 
आईतबार भएको भेलाले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो । संघको उपाध्यक्षमा श्याम थोकर, सचिवमा नरेन्द्र बोहोरा, कोषाध्यक्षमा समिर लामा तथा सदस्यहरु सन्तोष थोकर, बीरबहादुर लामा, उत्तमप्रसाद पौडेल, सुनिल मानन्धर, राजु सुचीकार, सुरेन्द्र लो, मिलन लामा र सल्लाहकारद्वयमा विष्णु रानामगर र कृष्णबहादुर केसीलाई चयन गरेको छ । श्रमिक संघका जिल्ला अध्यक्ष विष्णुकुमार मगरको अध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा काँग्रेसका सल्लाहकार अशोक शाक्य, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, श्रमिक संघ ३ नम्बर प्रदेश उपाध्यक्ष हरिप्रसाद वाग्ले, टूेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष युद्धबहादुर थापा, विरेन्द्रकुमार लामा, रमेशध्वज कार्की, तारा कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
Powered by Blogger.