नयाँ शक्ति पार्टीद्वारा पहरीलाई कारबाहीको घोषणा
हेटौंडा, २७ चैत/डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मकवानपुरका जिल्ला कार्यकारी समिति सदस्य एवम् बाग्मती गाउँपालिकाका उत्प्रेरक समेत रहेका पूर्व सभाषद् शेरबहादुर पहरीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
नयाँ शक्ति पार्टीको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ नगरेको पार्टीको ५ ‘स’ को सिद्धान्त विपरित व्यवहार र आचरण प्रस्तुत गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नयाँ शक्तिले निकालेको प्रस विज्ञप्तिमा उल्लेख छ ।
‘शेरबहादुर पहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा नयाँ शक्ति पार्टीको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ नगरेको तथा पार्टीको ५ ‘स’ को सिद्धान्त विपरित व्यवहार र आचरण प्रस्तुत गरेकोले उहाँलाई आजैका मितिदेखि यस पार्टीको साधारण सदस्य समेत नरहने गरी विदा गरिएको छु, पार्टी मकवानपुरका संयोजक प्रल्हाद लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छु, ‘नयाँ शक्ति पार्टी मकवानपुरमा उहाँले गर्नुभएको योगदानप्रति आभार व्यक्त गर्दछौं ।’
तत्कालिन अवस्थामा एकीकृत नेकपा माओवादीमा रहेका पहरी बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भएको केही महिनापछि नयाँ शक्तिमा प्रवेश गरेका थिए । पहरी पुन ः नेकपा माओवादी केन्द्रमा फर्किन लागेको चर्चा चलेको छ ।

