Header Ads


किसानलाई पशुपालनमा १८ लाख अनुदान

हेटौंडा, २७ चैत/जिल्ला पशु सेवा कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा किसानलाई पशुपालनका लागि १८ लाख रुपियाँ अनुदान दिने जनाएको छ ।
 पशुपालनमा युवाको आकर्षण बढाउन र व्यवसायिक पशुपालनलाई बढावा दिने उद्देश्यका साथ पशु सेवा कार्यालयले अनुदानको कार्यक्रम सञ्चालन गरेको बताएको छ । मकवानपुरमा व्यवसायिक पशु पालन गर्ने व्यवसायी मध्ये कुल पशु संख्याको आधारमा साना तथा मझौला व्यवसाय छुट्याएर अनुदान रकम वितरण गरिने पशु सेवा कार्यालयका कार्यालय प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिए । 
प्रधानका अनुसार चालु आर्थिक बर्षमा जिल्ला पशुसेवा कार्यालयले मिसन बाख्रा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मिसन बाख्रा कार्यक्रम तर्फ थाहा नगरपालिका–९को थाहा पौरखी पशुपालन समूह, रत्न बहादुर जिम्बा धियाँल–७ को जनउत्थान बाख्रापालन समूह, मकवानपुरगढी–६ को श्रमिक साना किसान सहकारी संघ लि का निर्मलाकुमारी लम्साल, हेटौंडा–२८ का गोविन्दप्रसाद सुवेदीको सिमलथली बाख्रा उत्पादन केन्द्र, भैंसे–४ की सरितामाया लामाको नमूना बाख्रा विकास फार्म, आमभञ्ज्याङ–२ को जयकिसान बाख्रा केन्द्र, धियाँल–७ का नारायणप्रसाद तिमल्सिनाको धियाँल बाख्रापालन केन्द्र, सुकौरा–५ का सिंहबहादुर मुक्तानको प्रगतिशील सिर्जना बाख्रा फार्मलाई अनुदान उपलब्ध गराइनेछ । 
मिसन पिग एण्ड पोर्क कार्यक्रमअन्तर्गत् पुरी फार्म हाउस, लामा बंगुर बिडर फार्म, बराल बंगुर विकास फार्म, भवानी कृषि फार्म, पोताला बंगुर फार्म हेटौंडा र विकास पशुपालन फार्मलाई दिने उल्लेख छ । कार्यालयले अनुदान पाउने किसानहरुको नामावली सार्वजनिक गरेको हो । कार्यालयले गाईभैंसी प्रवद्र्धनतर्फ साना व्यवसाय कार्यक्रमअन्तर्गत् ८ लाख ५० हजार बराबरको अनुदान रकम कृषकलाई उपलब्ध गराउने भएको छ । गाईभैंसी प्रवद्र्धनतर्फ साना व्यवसाय कार्यक्रमअन्तर्गत् कार्यालयले मकवानपुरगढी–६ का नरेन्द्र लम्सालको सुजल गाई फार्मलाई १ लाख ८५ हजार रुपियाँ, हाँडीखोला–६ कीे नानीमाया ढकालको सिर्जनशील गाई फार्मलाई १ लाख ६६ हजार, आमभञ्ज्याङ–३ का स्वरोजगार एकीकृत पशु विकास फार्मका विदुर हुमागाईलालई १ लाख ६६ हजार रुपियाँ अनुदान उपलबध गराउने बताइएको छ । 
यस्तै मकवानपुरगढी–९ का कविन्द्र थापाको जीवीएस एग्रो प्रालिललाई १ लाख ८५ हजार, मकवानपुरगढी–७ का हरिप्रसाद कँडेलको दुर्गा गाई फार्मलाई १ लाख ४८ हजार अनुदान उपलब्ध गराउने भएको छ । गाईभैसी प्रवद्र्धनतर्फ मझौला व्यवसाय कार्यक्रमअन्तर्गत् मकवानपुरगढी(५ का प्रेमप्रसाद दाहालको देवीडाँडा गाई फार्मलाई, २ लाख ५० हजार उपलब्ध गराउने बताइएको छ । युवा लक्षित बाख्रा प्रवद्र्धन कार्यक्रम तर्फ ४ लाख अनुदान दिने कार्यक्रम रहेको थियो । युवालाई व्यवसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ ।
 आमभञ्ज्याङ–४ का रोमनाथ बजगाईको जनमुखी बाख्रा फार्मलाई २ लाख रुपियाँ, चित्लाङ–३ का हिराध्वज 
रानाभाटको प्रकृति फार्म हाउस प्रालिलाई २ लाख अनुदान उपलब्ध गराइने छ । कार्यालयले यस वर्ष व्यवसायिक गाईभैंसी फार्मलाई सहकार्यमा २ वटा गोठसुधार गर्न ३ लाख अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ । जसमा आमभञ्ज्याङ–४, कामधेनुका गीतानाथ हुमागाईंको गाई फार्मलाई गोठसुधार कार्यक्रम अन्तर्गत् १ लाख ५० हजार अुनदान उपलब्ध गराउने भएको छ भने हेटौंडा–२४ का प्रवीण नेपालको नेपाल भैंसी फार्मलाई १ लाख ५० हजार अनुदान दिने कार्यालय प्रमुख प्रधानले जानकारी दिए । 
Powered by Blogger.