Header Ads


‘भयरहित शान्तपूर्ण चुनाव गराउन माओवादी केन्द्र प्रतिबद्व’

हेटौंडा, २२ चैत/नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् मकवानपुर संयोजक प्रेमबहादुर पुलामी ुछिन्तुुले जिल्लामा शान्तपूर्ण वातावरणमा भयरहित तवरबाट चुनाव गराउन आफ्नो पार्टी जिम्मेवार ढंगले लागिपरेको बताएका छन् । 
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जिल्लामा कृयाशील पत्रकारहरुसंग मङ्गलबार छलफल कार्यक्रमको आयोजना गर्दै माओवादीकै केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको 
सरकारले चुनाव गराउन लागेकोले आफूहरु निर्वाचनको बिषयमा झनै जिम्मेवार रहेको बताएका हुन् । 
‘मनी र मसललाई बढावा दिने पक्षमा छैनौं । आचारसंहिता विपरितको कार्यमा हामी सचेत छौं’, उनले थपे, ‘मकवानपुरमा शान्त, सौहार्द एवम् भयरहित वातावरणमा चुनाव हुन्छ, यसको लागि हामी जिम्मेवार ढंगबाट लागिपरेका छौं ।’ माओवादी हारेपनि मुलुक नहारोस् भन्ने सोचाइका साथ माओवादी केन्द्र चुनावमा होमिएको बताउँदै छिन्तुले पर्वको रुपमा चुनावलाई गाउँगाउँमा पु¥याउन सञ्चारकर्मीलाई समेत अनुरोध गरे । ‘१९ बर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई पर्वको रुपमा जनतामाझ लैजान अन्य राजनीतिक दललाई समेत अनुरोध गर्दछ’, उनले भने, ‘म्यादी प्रहरीको छनौट चलिरहेको छ । ५५ जिल्ला भन्दा बढीको मतपत्र छपाई भैसेको छ, अब चुनाव कुनै हालतमा रोकिनेवाला छैन ।’ यस्तै माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बलराम बलले आफू मेयर र कमला पौडेल उपमेयरको उम्मेदवारको रुपमा करिब टुङ्गिसकेको जानकारी दिए । ‘मेरो उम्मेदवारी करिब पक्कापक्की हो । मेयरमा म र उपमेयरमा कमला पौडेल नै हुनेछौं’, उनले खुलासा गर्दै भने, ‘३ जनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेमा हामीले विवाद नहोस् भन्ने उद्देश्यले २ जनाको मात्र पठाएका हौं ।’ चुनाव जित्नेमा आफू निश्चिन्त रहेको उल्लेख गर्दै उनल चुनावको बेला हुनसक्ने विकृती र बिसङ्गती रोक्न सबै दल चनाखो हुनुपर्ने सुझाव दिए । 
यही २५ गतेसम्म जिल्लाका सबै तहका उम्मेदवारको टुङ्गो लगाउने आयोजनामा माओवादी केन्द्र रहेको नेता बलले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमानसिं पाख्रिनले माओवादी चुनाव केन्द्रीत अभियानमा रहेको र नयाँ संरचना अनुसार प्राय ः सबै क्षेत्रमा संगठन निर्माण एवम् पुनर्गठनको काम सकिएको बताए । कार्यक्रममा उपस्थित पत्रकारहरुले राजनीतिक सौहार्दता कायम राख्न, निर्वाचन आचारसंहिता पालना गर्न र झुटा आश्वासन बाँड्ने भन्दा यथार्थ मुद्दा उठान गर्न माओवादीका नेताहरुलाई सुझाव दिएका थिए ।
Powered by Blogger.